काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबार छापावाल सुनको मूल्य ११ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार १ सय रूपैयाँ कायम भएकोमा आज १ हजार १ सय रूपैयाँले घटेर २ लाख ६१ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५९० रूपैयाँ कायम भएकोमा आज १२० रूपैयाँले घटेर ४ हजार ४७० रूपैयाँ कायम भएको छ ।