समानुपातिक फिर्ता लिएर चुनाव लड्न बादललाई गोकुल बास्कोटको सुझाव

Nepal Cover
१६ पुष २०८२, बुधबार
image

काठमाडौँ। नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले पार्टी उपाध्यक्ष रामबहादुर थापा बादललाई समानुपातिक सूची त्यागेर प्रत्यक्ष चुनाव लड्न सुझाव दिएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि पुस १४ गते समानुपातिक उम्मेदवारको सूची बनाउने समय तोकिएको छ। आज सबै राजनीतिक समानुपातिक उम्मेदवारको सूची तयार गर्दै छन्। 

प्रायः सबै जसो दलमा नेतृत्वको नजिकका व्यक्ति समानुपातिक उम्मेदवारको सूचीमा परेका समाचार आइरहेका छन्। त्यसैलाई इंगित गर्दै बास्कोटाले टिप्पणी गरेका हुन्। 

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भनाइ राख्दै बास्कोटाले लेखेका छन्, ‘समानुपातिकमा कसलाई दोहोर्‍याइयो, कसलाई तेहर्‍याइयो? कुन जिल्लाबाट कति परे? नातागोता को परे? भुँइका कति परे? अरु के परे? त्यसमा किन बहस?’

नेतालाई लागेको मान्छे पर्ने भएकाले यसमा बहस व्यर्थ बनेको उनको भनाइ छ। ‘जसले सक्छ, उसले गर्छ। नेतालाई लागेको हुन्छ,’ बास्कोटाले लेखेका छन्, ‘कसैले नसुन्ने बहस नगर, ओ साथी हो।’

Gokul Baskota 

समानुपतिकमा कस्लाई दोहोर्याईयो,कस्लालाई तेहेर्याईयो,कुन जिल्लबाट कति परे,नातागोता को परे,भँईका कति परे,अरु के परे ?त्यसमा किन बहस जस्ले सक्छ -उस्ले गर्छ।नेतालाई लागेको हुन्छ।कसैले नसुन्ने बहस नगर ओ साथी हो।नमागेको सल्लाह दिएँ रिसानी माफ होस ल!