गुल्मी । गुल्मीको मालिका गाउँपालिका–६ राम्चेमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
मदाने गाउँपालिक–६ पुर्कोट तर्फ जाँदै गरेको सिद्ध ईलिस बोर्डिङ स्कुलको लु.प्र.०१–००ख०३५५ नं.को बस र अर्को दिशातर्फ हिडेको लु ९ प ८१५० नं. को मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
मालिका गाउँपालिका–६ का ३६ वर्षीय बसन्त अर्याल र ५६ वर्षीया मनकला अर्यालको मृत्यु भएको गुल्मी अस्पतालबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिनुभयो ।
मोटरसाइकलमै रहेका ६ वर्षीय अनुभव गिरी र बसमा सवार ४१ वर्षीया लिलावती अर्याल घाइते भएको प्रहरी नायब उपरीक्षक सारुले बताउनुभयो ।
बस चालक गुल्मी धुर्कोट गाउँपालिका–४ जैसिथोकका ४१ को चुराबहादुर थापा र दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् ।