सुनचाँदीको मूल्य हालसम्मकै उच्च, तोलाको कति ? 

Nepal Cover
२९ पुष २०८२, मंगलवार
image

काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।  सुनको मूल्य तोलामै २ लाख ७६ हजार रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा २ लाख ७४ हजार ७०० रुपैयाँ कायम भएको थियो । सो मूल्य पनि सोमबारसम्मकै रेकर्ड मूल्य भएकामा मंगलबार थप बढेर २ लाख ७६ हजार ५०० रुपैयाँ पुग्दा छापावाल सुन अब १० ग्रामकै २ लाख ३७ हजार ५५ रुपैयाँ कायम भएको छ । 

यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । मंगलबार चाँदी तोलामा ५ हजार ३४० रुपैयाँ पुगेको हो। यसअघि सोमबार चाँदी ५ हजार १९५ रुपैयाँ कायम भएको थियो ।