बलरा नगरपालिकाका मेयरसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

Nepal Cover
१ माघ २०८२, बुधबार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख (मेयर) रामशंकर प्रसाद कुशवाहा सहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले बुधबार सर्लाहीको बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार साह, नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहा, वडाध्यक्ष मनोज मोहन कुमार सिंह, योजना शाखा प्रमुख उदय कुमार साह, सहायक लेखापाल राज कुमार महतोसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

उनहिरुमाथि किशोरीहरूको लागि खेलौना बनाउने तालिममा गैर कानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोप आयोगले लगाएको छ ।