नेकपाका नेता शक्ति बस्नेतलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

Nepal Cover
१३ माघ २०८२, सोमबार
image

काठमाडौँ  । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा जाजरकोटबाट उम्मेदवार बनेका शक्ति बस्नेतलाई स्पष्टीकरण सोधेको छ।

बस्नेतका विरुद्ध माघ ६ गते उजुरी परेको थियो । बस्नेतले बाजागाजा बजाउँदै आचारसंहिता विपरीत काम गरेको भन्दै उजुरी परेको थियो । त्यस लगत्तै आयोगले बस्नेतसँग स्पष्टीकरण सोधेको जनाएको छ ।

आयोगले बस्नेतलाई किन निर्वाचन कानून बमोजिम कारबाही नगर्ने भनेर स्पष्टिकरण सोधेको छ । त्यसको जवाफ तीन दिनभित्र पेस गर्नुपर्ने छ ।