बारामा आमाछोराको हत्या, ससुराबुहारी गम्भीर घाइते

Nepal Cover
१५ माघ २०८२, बुधबार
image

काठमाडौं । बाराको परवानीपुर गाउँपालिका–१ रहरीयामा धारिलो हतियार प्रहार गरेर आमाछोराको हत्या भएको छ ।

बाराको परवानीपुरमा गएराति आमाछोराको हत्या भएको छ। घटनामा ससुरा बुहारी गम्भीर घाइते भएका छन्।

परवानीपुर गाउँपालिका १ रहरीया टोलमा गएराति अज्ञात व्यक्तिको आक्रमणबाट ४६ वर्षीया सुमित्रा देवी र उनका छोरा ३० वर्षीय रामेश्वर मण्डलको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

डीएसपपी विजयराज पण्डितले  दिएको जानकारी अनुसार आक्रमणमा परेर घाइते मृतक महिलाका पति ५० वर्षीय जगरुप र बुहारी २८ वर्षीय मनिता देवी गम्भीर घाइते भएका छन्।

उनीहरुको वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।