आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ किनबेच?

Nepal Cover
१७ माघ २०८२, शुक्रबार
image

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २० हजार पाँच सय रुपैयाँले घटेर तीन लाख १८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ४४० रुपैयाँले घटेर प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ७ हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।