सिरहा । सिरहामा गोली हानी एक जनाको हत्या भएको छ । सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवमाथि अज्ञात व्यक्तिले गोली चलाएका हुन् ।
आफ्नै खेतमा काम गरिरहेको बेला उनीमािथ गोली प्रहार भएको थियो । घटना भएको थाहा पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
तर उनको त्यतिबेलासम्म मृत्यु भइसकेको सिराहाका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले जानकारी दिए । प्रहरीले हत्याराको खोजी गरिरहेको जनाएको छ ।