सिटिइभिटी सुधार तर्फ उन्मुख

Nepal Cover
५ फाल्गुन २०८२, मंगलवार
image

काठमाडौं । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, सिटिइभिटी पछिल्ला दिनमा बौरन थालेको समाचार जानकारीमा आएको छ।

राजनैतिक संघसंगठनका भातृ संघसंगठनबाट गिजोलिएका कारण थलिएर शिथिल भएको यस सस्था भित्रको काम गर्ने हुटहुटी बोकेका जनशक्तिमा आशाको दियो बल्न थालेको अनुभुती हुन पुगेको सिटिइभिटीका कर्मचारी स्वयं अग्रसरताका साथ प्रतिक्रिया दिन थालेका छ्न्।

विद्यार्थी संघसंगठनका नेताहरू समेत जोडिएको कारण बेलाबेलामा हुने तालाबन्दीले प्रशासन तहमा हुने जागिरे मुडमा बस्नुपर्ने बाध्यता र अनावश्यक जमेलाले झस्निने कारण अपेक्षित काम अगाडि बढन सक्दैन्थ्यो तर जेनजी आन्दोलन पछिल्लो सरकार बने संगै त्यो रोग निको नै नभए पनि केही राहत भने पक्कै भएकै कारण कामका लय अगाडि बढेको बताइन्छ।

वर्षौं सम्म परिक्षाको नतिजा प्रकाशित हुन नसक्ने अवस्था झेल्नुपरेको सिटिइभिटिले पछिल्ला दिनमा तोकिएको समय अगाडि नै नतिजा प्रकाशन गर्न सफल मात्रै भएको छैन परिक्षा नियन्त्रक कार्यालयले रोकेर राखेको प्रादेशिक अधिकार प्रत्यायोजन गरेर सबैलाई जिम्मेवार बनाउने अग्रसरता देखाएको छ।त्यसैअनुरूप शैक्षिक क्षेत्रमा क्यु आर कोड सुरुवात गर्ने पहिलो कार्यालय बन्न पुगेको छ। लामो समय देखि रिक्त रहेको उपाध्यक्ष पदले माघ ४ गते बाट पुर्णता पाएको छ। उपाध्यक्षमा मो. शफिउल्लाह साफीलाई सरकारले नियुक्त गरे संगै उपाध्यक्षको अभावमा रोकिएका कामले समेत रफतार लिन थालेको हो।

जलेको उत्तर पुस्तिकाको रिजल्ट निकाल्ने चुनौतीपूर्ण कामलाई समेत परिक्षा नियन्त्रक कार्यालयले सम्पन्न गरिसकेको छ।

परिक्षा नियन्त्रक कार्यालयमा

बिहान ७ देखी बेलुकी ८ बजे सम्म ६५ जनाको जनशक्तिले परिणममुखी काम दिन सफल भैरहेका छ्न्। त्यस्तै मन्सिर १ गतेदेखि नयाँ शैलीबाट काम अगाडि बढाइएको नियन्त्रक कार्यालयले बताएको छ।

प्रदेश कार्यलयबाट प्रामाणपत्र बितरण गर्न अधिकार दिए संगै काम अगाडि बढेको समेत बताइएको छ। बीचमा प्रशासन महाशाखाले गरेका दर्जनौं सरुवा कार्यान्वयन हुन नसक्दा सदस्य सचिबको कार्य क्षमता माथी नै मातहतका कर्मचारीले प्रश्न उठाएको भए पनि हाल ती सरुवा भएका स्थानमा कर्मचारी पुगिसकेका छ्न्।

बिगत एकमहिनाको अबधि लाई मुल्यांकन गर्ने हो भने केही सुधारका संकेत देखिदै गएको बताइएको छ। हरेक दिन बिहान १०.१५ मा उपाध्यक्ष, सदस्य सचिब सहितका निर्देशकहरु बिषय बस्तुमा केन्द्रित बैठक बस्ने र निकास निकाल्ने अभ्यासले सिटिइभिटिमा सुधारका संकेत देखिन थालेको अनुभव गर्न सकिन्छ एक कर्मचारीले सम्पत्ति न्युजलाइ बताए।

-ॠषिकुमार यादव