सुनको मूल्य बढ्यो, चाँदीको घट्यो 

Nepal Cover
२ चैत्र २०८२, सोमबार
image

काठमाडौं । सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदी घटेको छ ।

आज सुन तोलामा एक सय रुपैयाँले बढेर तीन लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुन तोलामा तीन लाख नौ हजार चार सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर पाँच हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा पाँच हजार २७० रुपैयाँमा कारोबार भएको थियो  ।