उच्च अंकले बढ्यो सेयर बजार, कारोबार रकममा पनि उल्लेख्य वृद्धि

Nepal Cover
५ चैत्र २०८२, बिहीबार
image

काठमाडौं । बिहीबार सेयर बजार ६४.६९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २८७७ मा कायम भएको छ । आज बजार खुलेदेखि निरन्तर उकालोमा रह्यो ।

बजारको परिसूचक नेप्सेका अलवा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १२ अर्ब ३ करोडको कारोबार भएकोमा आज २१ अर्ब २२ करोडको भयो । यसअघि फागुन २६ गते २१ अर्ब ५० करोडको कारोबार भएको थियो । त्यस्तै २०८१ साउन ३१ गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको कारोबार भएको रेकर्ड छ । २४० कम्पनीको मूल्य बढ्दा २२ को घट्यो भने २ को स्थिर रह्यो ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स र सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने सान्जेन जलविद्युत कम्पनीको शेयरमूल्य ८ प्रतिशत बढेको छ। नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाईमूल्य यस दिन सर्वाधिक ५.१२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६७ करोड १६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन नेशनल हाइड्रोपावरको करिब ६७ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने रिडी हाइड्रोपावरको कारोबार रकम साढे ६२ करोड रुपैयाँ नाघेको छ।