२ असईसहित २४ प्रहरीलाई सेवाबाट हटाउने  हेडक्वाटरको चेतावनी

Nepal Cover
१० चैत्र २०८२, मंगलवार
image

काठमाडौं । लामो समयदेखि सम्पर्कविहीन भएका २४ प्रहरीलाई सात दिनभित्र कार्यालयमा हाजीर हुन प्रहरी प्रधान कार्यालय, नक्सालले निर्देश गरेको छ।

दुई जना प्रहरी सहायक निरीक्षक (असई), ६ जना हबलदारसहित २४ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएका हुन् ।

लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने चेतावनी दिइएको छ ।