रौतहट ।जन्मदिनलाई सत्कर्ममा जोडौ अभियानमा जोडिएर बृक्ष रोपणमा सकृय रहेका युवा समाजले काचो रुख काटेर मोटर साइकल र साइकलमा लान लाग्दा हामी फडानी स्थलमा बृक्ष रोप्दैछौ अब तपाईहरु काचो रुख नकाटनोस भन्दै गर्दा दर्जनौं युवाहरू एकाएक कुटिन पुगे गाउघरमा बस्न असुरक्षित भए प्रहरी प्रशासन गुहार्नु पर्ने अवस्थाले पनि बृक्ष रोप्ने अभियानले विश्राम लिएन। यतिहुदा पनि रौतहटमा बन जोगाउने हाम्रो समुह नत निराश नै भयो नत गले अझ जोसजागर सगाल्दै थप जिम्मेवारीबोधका साथ फडानी स्थलमा बृक्ष रोप्दै अगाडि बढदै शरीरभरि चोटपटक बोक्दै आएका उनै कृष्णराम ,रामप्रबेस चौधरी , रोहित राम, राजु राम, बिक्की श्रेष्ठ ,सागर आचार्य लगायतका जेन्जी युवाहरुलाई बुधबार रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल ,नेपाली सेनाका कर्णेल बिश्वास बिष्ट प्रहरी उपरीक्षक ,सिताराम रिजाल वरिष्ठ पत्रकार एवं अभियानका अबधारणाकार गोबिन्दप्रसाद चौलागाईं, रौतहट सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारी, चन्द्रनिगाहपुर इलाका प्रहरीका प्रहरी नायब उपरीक्षक रुपा लाबुङ्गले संयुक्त रुपमा सशक्त साहसिक युवा सम्मान द्वारा सम्मान गर्नुभएको छ।
जबसम्म नागरिक स्वयं सचेत हुदैनन तबसम्म समाजमा कुकर्म चलिरहन्छ।
त्यस्तै रौतहटको हरियो बन माथी तस्करको राज निरन्तर चलेकै थियो।ठुलाबडालाइ सिरानी हालेर अगाडि बढेको बन तस्करीको जालो चिरान मिल देखि चिम्नी भट्टा सम्म सिमित थिएन।मित्र राष्ट्र भारतको बोर्डर एरियाका बजारमा नेपालका सालका गोलिया यहाँपर मिलेगाका सूचना टुलुटुलु हेर्न बिवस भएका सिमा वारिका नेपालीले आपनो घर निर्माणकार्यको निम्ति बन आपूर्तिमा निवेदन दिएर महिनौं पर्खिरहेका रौतहटेली यो मर्म बुझेको जन्मदिनलाई सत्कर्ममा जोडौ समुह जन्म दिनमा बृक्ष रोप्न मात्रै लागेन फडानी रोक्न र रित्तिएका बनमा जन्मदिनमा बृक्ष रोप्न पनि लाग्यो ।
प्राप्त जानकारी अनुसार जिल्लाभरका बन डिभिजनहरु नागरिकहरूको स्वत स्फुर्त उर्लिएको जागरण मार्फत सहजीकरण गर्ने सन्दर्भलाई हाम्रो भरोसा हो भन्ने नजरले हेरेको नदेखिदा समेत आखा अगाडिको बाक्लो हरियो बन तस्करीको धन बन्दै गएपछि जन्मदिनलाई सत्कर्ममा जोडौ अभियानले नागरिकको तहमा संरक्षणको निम्ति जागरुक गराएको मात्रै छैन बिनास भएका स्थान रोप्न प्रेरित गराएको खबरले तस्करीमा लाग्नेहरुका निम्ति आखैमा कसिङ्गर परे जस्तो भएकोले बन तस्कर बेलाबेलामा भौतिक आक्रमणमा पनि उत्रिएका थिए।
प्रजिअ भुसालको प्रमुख आतिथ्यताको कार्यक्रम पश्चात् यतिबेला तस्करहरू तिल्मिलाएका देखिन्छ्न। चौतर्फी अतिक्रमणमा परेको रौतहटको बनको अस्तित्व रक्षाका निम्ति लागिपरेका युवाहरूलाई सामाजिक दायित्वप्रति थप प्रेरित गराउन पनि फडानी स्थलमा पुगेर प्रजिअ भुसालले साहसिक युवाको साथमा सिङ्गो राज्य साथमा रहेकाले निरास नहुन आग्रह गर्दै थप जिम्मेवारीपूर्वक अगाडि बढनोस भन्दै साहसीक युवा सम्मान फिल्ड मै गएर दिएको रौतहटको इतिहासमा पहिलोपटक हो। धेरै प्रजिअ आए गए तर कसैको इतिहास यसरी सुरक्षित छ भने त्यो भुसालले नै बनाउनुभएको पाइयो ।प्रजिअ भुसालले यो ऎतिहासिक कार्यक्रम पश्चात् रौतहटका युवामा सत्कर्म प्रति आकर्षक बढेको पनि बताइन्छ ।यसरी साहसिक युवाहरूलाई सत्कर्ममा लाग्न र निरास बन्न बाट जोगाउदै अभिभाबकिय भुमिका निभाउने अग्रज शिक्षक आनन्द चौधरी, अनुठा चौधरी ,शंकर थापा, जमाहिर भगत राम ,हर्ष बहादुर क्षेत्रि ,रामसाहायक यादब लगायतका अग्रज ब्याक्तित्व लाई समेत फडानी स्थल मै प्रजिअ भुसालले सम्मान पत्र हस्तान्तरण गरेर आम नागरिकलाई यो अभियानमा जोडिन आग्रह गर्नुभएको छ। श्याम श्रेष्ठको अध्यक्षतामा भएको यो कार्यक्रम स्थानीय शिक्षक रामनारायण चौधरीले संचालन गरेका थिए। यो अभियानका राष्ट्रिय संयोजक गोबिन्द चौलागाईंले कार्यक्रमका बारेमा स्पष्ट पारेको अभियन्ता कृष्ण रामले जानकारी गराएका छ्न।
–कृष्ण राम बाट
सम्मानित व्यक्तित्वहरु :-












