खरिद प्रक्रिया ढिलाइका कारणले रेबिज भ्याक्सिन सर्टेज हुँदै

Nepal Cover
२३ चैत्र २०८२, सोमबार
image

काठमाडौं । बजारमा कुकुरले टोक्यो भने १५ दिन पछि रेबिज खोपको अभाब हुने भएकाले नागरिकले रेबिज खोप लाउन पाउने छैनन।
प्राप्त जानकारी अनुसार बजेट हुदाहुदै पनि खोप खरिद गर्न सकेनन् । स्वास्थ्य सेवा बिभागका टंक बाराकोटि,दयाकृष्ण पन्त, निर्देशक पबनजङ राययमाझीले खरिद प्रक्रिया अगाडि बढाउन नसक्दा गत वर्ष नै खरिद गरेको खोपले अबको १५ दिन सम्म त थान्न सक्ला त्यसपछि के गर्ने? सरोकारवाला निकाय मा चिन्ता बढेको देखिन्छ।
पुरानो टिमले प्रक्रिया अगाडि बढाएन हामी किन गर्ने भन्ने मान्यता ले काम गर्दा नयाँ टिमले पनि समयमा खरिद प्रक्रिया अगाडि बढाउन खोजेन। जसको मार अब नागरिकले ब्यहोर्नुपर्ने भएको छ। इमिडिमियोलिजीका निर्देशक रोशन न्यौपानेको तहबाट प्राबिधिक स्पेक लगायतका प्रक्रिया पूरा समयमै पुरा नहुदा नागरिकले समस्या भोग्नु पर्ने यसको जवाफ कस्ले दिन्छ? कार्वाहीको बिषय बन्ने कि नबन्ने ? कर्मचारी गैरजिम्मेवार बन्नाले नागरिकले कहिले सम्म दुख पाउनुपर्ने हो।
१६ करोड ९८ लाखको रेबिज खोप खरिदका निम्ति सरकारको एलएमबिआइएसमा बिनियोजन भएको रकम फ्रीज हुने अवस्थामा पुगेको छ।
अघिल्लो वर्ष ११ करोड बजेट बिनियोजित बजेटले खरिद रेबिज भ्याक्सिनले हालसम्म धानिरहेको हो।
बजेट अपुग हुन्छ भनेर अपुग भए सगै १६ करोड ९८ लाख त छुट्टाइयो तर हाल सम्म खरिद भएन। भ्याक्सिन नेपालमा उत्पादन हुदैन | अन्तराष्ट्रिय बोलपत्रबाट खरिद गर्नु पर्ने हुन्छ | वोलपत्रवाट खरिद गर्दा फाइल उठान देखि आपूर्ति सम्म कतै कानूनी रोकावट नभइ सरासर काम भएमा कम्तिमा १२० दिन देखि १५०दिन लाग्न सक्छ | यो समाचार तयार पार्दा समेत प्रक्रिया अगाडि बढेको छैन। अब बजेट नै फृज हुने अवस्थामा पुर्याउने को को हुन छानबिन गरेर कार्वाहीको बिषय बनाउन सरकारले ढिलाइ गर्नुहुन्न भन्ने आवज उठेको छ।