बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

Nepal Cover
२५ चैत्र २०८२, बुधबार
image

काठमाडौँ । नेपाली बजार आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा सात हजार दुई सय रुपैयाँले बढेर दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनचाँदीको मूल्य निरन्तर दोस्रो दिन बढेको हो । 

मंगलबार सुन तोलामा दुई लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला पाँच हजार २५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ८२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।