काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन् ।
दलका नेता बालेन्द्र शाह (बालेन)काे अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेकाे संसदीय दलकाे बैठकले पराजुलीलाई दलकाे उपनेता चयन गरेकाे हाे। काठमाडौं ७ बाट निर्वाचित पराजुली अहिले नियमावली मस्यौदा समिति सभापति पनि हुन्।
संसदीय दलकाे बैठकले मुख्य सचेतकमा कवीन्द्र बुर्लाकोटीलाई र सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरिसकेको छ।