रास्वपाले टुंग्यायो संसदीय समितिका सभापति उम्मेदवार (सूचीसहित)

Nepal Cover
३ बैशाख २०८३, बिहीबार
image

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिको सभापतिका उम्मेदवार टुङ्गो लगाएको छ । बिहीबार दिउँसो सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले १२ वटै समितिका सभापतिको नाम टुंगो लगाएको हो । पार्टीका एक सांसदका अनुसार प्रस्तावित नामहरू बैठकबाट अनुमोदनसमेत गरिएको छ ।

रास्वपाले उम्मेदवार छनोट गर्दा अनुभव भएका तथा विषयगत विज्ञता भएका सांसदलाई प्राथमिकता दिएको जनाएको छ । यस्तै, सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लाई दिने निर्णय गरिएको छ ।

प्रतिनिधिसभाअन्तर्गत संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ भने निर्वाचन शुक्रबारका लागि तय गरिएको छ ।