रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

Nepal Cover
६ बैशाख २०८३, आईतवार
image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। 

पार्टी सभापति रवि लामिछानेको निर्देशनाअनुसार सोमबार बस्ने गरी रास्वपाले केन्द्रीय समिति बैठक बोलाइको प्रवक्ता मनिष झाले बताए। उनका अनुसार बैठक भोलि दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। जसको कार्यसूची आज दिउँसो बस्ने सचिवालय बैठकले तय गर्नेछ।

यसअघि आइतबार सचिवालय बैठक बस्ने तयारी गरिएको छ। सो बैठकमा संगठनसँग सम्बन्धित विभिन्न विषयहरूमा प्रारम्भिक छलफल हुने बताइएको छ।

सचिवालय तहमा जिल्ला अधिवेशन सञ्चालनसम्बन्धी कार्यविधि, बैंक खाता व्यवस्थापन, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्चको संरचना र विभिन्न विभागहरूमा पदाधिकारी मनोनयनजस्ता विषयहरू प्राथमिक एजेन्डामा रहने जानकारी दिइएको छ।