एमालेले माग्यो गृहमन्त्री सुधन गुरुङको राजीनामा

Nepal Cover
८ बैशाख २०८३, मंगलवार
image

काठमाडौं । एमालेले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ। नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङ जोडिएका विषयहरूमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अगाडि बढाउन माग गरेको छ ।

एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै राजीनामा माग गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘गृहमन्त्रीसँग सम्बन्धित विषयहरूमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अगाडि बढाउन नेकपा ९एमाले० जोडदार माग गर्दछ । यसका लागि नेकपा ९एमाले० स्पष्ट रूपमा भन्छ–अनुसन्धानलाई कुनै पनि प्रकारको शक्ति वा प्रभावबाट मुक्त राखेर अघि बढाइनु पर्दछ।’

गृहमन्त्री स्वयंले ढिलासुस्ती वा ढाकछोप नगरी अनुसन्धान प्रक्रियालाई सहज, निष्पक्ष र प्रभावरहित बनाउन तुरुन्त मार्गप्रशस्त गर्न पनि एमालेले माग गरेको छ।