काठमाडौं। ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ। प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरे पनि विधेयक पारित भएको हो। बिहीबार प्रतिनिधि सभा बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो।
अवरोधकैबीच सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन गरे। यसैबीच उनले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ को अंग बनेको’ घोषणा गरे।
लगत्तै, उनले अर्थमन्त्री डा. स्वणिम वाग्लेलाई विधेयक पारितका लागि प्रस्तुत गरे। त्यसपछि सभामुख अर्यालले विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए।