प्रधानमन्त्री शाह र ईयूआबद्ध देशका कूटनीतिक प्रतिनिधिबीच सामूहिक छलफल जारी

Nepal Cover
१२ जेष्ठ २०८३, मंगलवार
image

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालमा कार्यरत युरोपेली संघ (ईयू) आबद्ध देशका गैरआवासीय राजदूत तथा कूटनीतिक मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका छन्।

सिंहदरबारमा आयोजित उक्त छलफलमा सहभागी कूटनीतिक प्रतिनिधिहरूसँग प्रधानमन्त्रीले नेपालको समसामयिक प्राथमिकता, आपसी सहकार्यका सम्भावित क्षेत्र तथा द्विपक्षीय सम्बन्ध सुदृढीकरणका विषयमा विचारविमर्श गरिरहेका छन्।

प्रधानमन्त्री सचिवालयका अनुसार जारी बैठकको मुख्य उद्देश्य नेपालका प्राथमिक एजेन्डाबारे कूटनीतिक समुदायलाई जानकारी गराउनु र अन्तर्राष्ट्रिय साझेदारीलाई थप प्रभावकारी बनाउनु रहेको छ।

यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालमा कार्यरत विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग यस्तै प्रकृतिको सामूहिक छलफल गरेका थिए।