दाताले धारा बनाउन सहयोग गरे तर जनताले पानी पाएनन

Nepal Cover
१३ जेष्ठ २०८३, बुधबार
image

रौतहट ।दाताले शुद्ध खानेपानी खुवाउन आफनो जन्मदिनको अवसरमा एउटा धारा त हालिदिए तर त्यो धारामा खाने पानी नआउदा गाउले ले पानी खान पाएनन। सहयोग गर्नेले शुद्ध खानेपानी खुवाउन धारा गाडन लगाएपछि त्यो धारा तोकेको गहिराई नभएको कारण खानयोग्य पानी आएन चेतनगरका जयकिसान रामले सम्पत्ति न्युज लाई बताए ।पबित्र सोचाइका साथ सहयोग भयो तर धारा गाडने एउटा मिस्त्रीका कारण सहयोग दुरुपयोग जस्तै बन्न पुगेको छ।प्राप्त जानकारी अनुसार रौतहट जिल्लाको चेतनगर क्षेत्रमा स्थानीय बासिन्दालाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले “Art of Giving” समूहको सहयोगमा १०० फिट धारो जडान गर्ने योजना ल्याइएको भएपनि उक्त कार्यका लागि चेतनगर कै अनूठा राम मिस्त्री सँग १०० फिट पाइप जडान गर्ने गाउलेले मौखिक सहमति भएका थिए तर वास्तविक रूपमा पछि निरीक्षण गर्दा करिब ४१ फिट मात्र पाइप जडान गरिएको अवस्थाले पानी खान योग्य नभएको बताइन्छ।सय फिट नै धसाउने शर्तमा दाताबाट मिस्त्रीले रु. २०,००० रकम लिइसकेको छ तर यसले स्थानीय जनतामा गम्भीर आशंका र असन्तुष्टि उत्पन्न गराएको मात्रै छैन एउटा ब्यक्तिले दिएको सहयोग सहि ठाउँमा प्रयोग हुन नसक्दा भाबनात्मक असर परेको देखिन्छ ।
यदि १०० फिट पाइप जडान गर्ने सहमति भएको हो भने बाँकी काम तत्काल सम्पन्न गरिनुपर्छ, अन्यथा लिएको रकम सम्बन्धित पक्षलाई फिर्ता दिनुपर्छ स्थानीयहरूले सामुहिक रूपमा माग गरेको देखिन्छ। बैशाख २७ गते झन्डै बीस दिन अगाडि काठमाडौ बाट मोहन लामा मगर आएर अमेरिका बस्ने श्रीमान सन्तोष आचार्य र श्रीमती अञ्जली शर्मा आचार्य सार्थक आचार्यको सहयोगले धारा गाडन लगाएका थिए तर त्यो धारा यतिबेला खैल्लाबैलाको कारण बन्न पुगेको छ सक्रिय अभियन्ता कृष्ण रामले बताए। काठमाडौ बाट पानी खुवाउने दाता आए जन्मदिन लाई सत्कर्ममा जोडौ अभियान अन्तर्गतको बृ क्ष रोपण कार्यक्रम चलिरहेको रौतहटमा यो सत्कर्ममा आचार्य परिवारको नाममा धारा हालेर पानी खुवाउने सोचाइमा रहेका हामी अहिले निरास हुनुपरेको छ। धारा हाल्ने लामा जी ले अब प्रशासन लाई निवेदन दिए मिस्त्रीलाइ पुन धारा गाडन लाउछ त्यो प्रक्रियाको निम्ति पनि हामीले सम्पत्ति न्युजलाइ जानकारी गराउन बाध्य भयौ स्थानीय सामाजिक कार्यकर्ता नकुल प्युयालले सम्पत्ति लाई बताए ।सहयोग गर्न रौतहट पुगेका मोहन लामा सग सम्पर्क गर्दा यो हाम्रो पहिलो काम भएको बताउदै मिस्त्रीले काम त गरेको हो। ६० फिटमा पानी आउँछ भने तल किन जाने भनेर गएनन। हामी ज्याला दिएर फर्केका छौ।पछि पानी आयो भनेका थिए थप बुझ्छु सम्पत्ति न्युज लाई बताए।