वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

Nepal Cover
१९ जेष्ठ २०८३, मंगलवार
image

काठमाडौँ । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको छ । पर्सा जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको १० दिनपछि आज उनलाई पर्साको ठोरीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पर्सा जिल्लाको उत्तरी भेगमा पर्ने ठोरी एरियामा लुकेर बसेको अवस्थामा पर्सा प्रहरीले गरेको विशेष सूचनाको आधारमा मेयर सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मेयर सिंह अदालत परिसर पुगेर फोटो खिचाएर सामाजिक सञ्जालमा पोस्ट गर्न लगाएर फरार भएका थिए। स्थानीय लेयाकत अलिको जाहेरीको आधारमा गत १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंहसहित तीन जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।