उपत्यकामा थप २ हजार १ सय २९ जनामा संक्रमण पुष्टि

Nepal Cover
२७ आश्विन २०७७, मंगलवार
image

काठमाडौँ । उपत्यकामा मंगलबार थप २ हजार १ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार ७ सय ४६, भक्तपुरका १ सय ६७ तथा ललितपुरका २ सय १६ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ।