पूर्व सांसद तथा पूर्वराजदूत लामाको निधन

Nepal Cover
२५ मंसिर २०७७, बिहीबार
image

काठमाडौँ । पूर्व सांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा लामाको बिहान दुई बजे निधन भएको हो । लामा कोभिड–१९ को संक्रमणबाट बिरामी थिए ।

काभ्रेका दिग्गज कम्युनिष्ट नेता लामा विसं २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए भने २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए ।

लामा दक्षिण कोरियाका लागि राजदूतसमेत भएका थिए ।