December 10, 2020
केपि कुमार जलन, बागलुङ । पुरानो भुपु माया लाई भेटाउदाको पल सम्झेर यति बेला चर्चित गायिका रितु तामाङ र लोक दोहोरी गायक योग्य बिक भुपु लभर बोलको लोक दोहोरी गित ल्याउन सफल भएका छन । धेरै दिन पछि आफ्नो प्रियसी भुपु मायालाई सम्झिदै जिवनका तिता मिठा अनुभबहरू सुनाउदै लामो समयको अन्तरालपछि भेट हुदा युवा अबस्थामा हासी खेलेका कुरालाई वकालत गर्दै लामो समयको भेटले छुट्टै आनन्द महसुस भएको आभास दिएका छन । साच्चिकै नेपाली सांगितिक बजार जुर्मुराएको बेला कलाकार भने आफ्नो पेशा प्रति कति पनि बिचलित बनेका छैनन । यसो त संगित बजार खस्किने कहि कतै बाट देखिदैन कोरोनाको कहर संगै कलाकारहरू भने बिचलित हुन सकेका छैनन । लोक प्रिय कलाकार योग्य बिकको लय ,बिक्रम बाबू बिश्वकर्माको शब्दमा रहेको यस गितमा गायिका तथा मोडल रितु तामाङ र योग्य बिकको सुमधुर आवाज रहेको छ भने गितको म्युजिक भिडियोमा नया अनुहार बागलुङे चेली अनुपा थापा संगै दुर्गेश थापा ,रितु तामाङ,आयुषि ढकाल र हेपि तेनजनियाको निकै उत्कृष्ट नृत्य देख्न सकिन्छ । पछिल्लो समय ब्यस्त निर्देशक काजिस श्रेष्ठको निर्देशन ,राजेश घिमिरेको छाँयाङकन र दिपक बिष्टको सम्पादनमा रहेको म्युजिक भिडियो योग्य बिक अफिसियल युटुब च्यानबाट रिलिज गरिएको छ ।
प्रकाशित मिति:December 10, 2020
April 14, 2025
April 14, 2025