‘असम्भव भन्ने शब्द मुर्खहरुको शब्दकोषमा मात्र हुन्छ’ नेपोलियनका बोनापार्टका प्रेरक भनाइहरु

Nepal Cover
२९ मंसिर २०७७, सोमबार
image

नेपोलियन बोनापार्ट एक फ्रान्सेली सैनिक तथा राजनीतिक नेता थिए जसले पछिल्लो फ्रान्सेली क्रान्ति तथा यससँग सम्बन्धित युद्धका समयमा ख्याति कमाए । उनी एक महान ऐतिहासिक कमान्डर हुन् जसले सञ्चालन गरेका अभियानहरु विश्वभरका सैन्य विद्यालयहरुमा अध्ययन गरिए ।

उनका केही प्रेरक भनाईहरुः
एउटै शुत्रसँग बारम्बा नलड । यदि त्यसो गर्यौ भने उसले तिम्रो लड्ने कता सिक्नेछ र तिमीलाई नै पराजित गरिदिनेछ ।


तिमीले आफ्ना पखेटा नखोलुन्जेल, तिमी कति माथिसम्म उड्न सक्छौ भन्ने थाहा पाउन सक्दैनौँ ।


बेबकुफ व्यक्ति विगतका कुरा गरेर बस्छ, बुद्धिमान व्यक्ति वर्तमानमा व्यस्त रहन्छ र मुर्ख व्यक्ति भविष्ष्यका गफ मात्र हाँकेर बस्छ ।


प्राकृतिक मृत्यु भनेको केहीपनि होइन । तर हरेक दिन पराजित भएर बाच्नु भनेको मर्नु हो ।


ठूलो सफलता हासिल गर्नको लागि आफ्नो मूख्य सुत्र हरेक दश वर्षमा परिर्वतन गर्नुपर्छ


यदि तिमीले एकपटक आफ्नो मनस्थिति बनायौँ भने त्यसमा अडिग बन। यदि ‘र’ ‘तर’ शब्दलाई त्यसमा नजोड


साथीलाई यो सम्झेर आप्mना कुराहरु खोल की, उ कुनै पनि बेला तिम्रो शत्रु बन्न सक्छ ।


शरीरलाई सबैभन्दा राम्रो उपचार भनेको शान्त दिमाग


मृत्युले होइन, उसले गरेको कामको कारणले व्यक्त शहिद बन्छ ।

यदि मलाई धर्म छान्न दिइन्छ भने, संसारलाई समान हिसाबले जीवन दिने सूर्यलाई आफ्नो भगवान मान्ने थिए ।

मर्नु भन्दा सहेर बाँच्नको लागि बढी हिम्मत चाहिन्छ ।


यति तिमी सफल हुन चाहन्छौ भने, सबैकुरामा प्रतिबद्ध बन तर आफ्नो योजना अरुलाई नबाँड ।
निरन्तर अभ्यासले विजय प्राप्त गर्छ ।


जो व्यक्त जित्नको लागि अगाडी बढ्न डराउँछ, त्यो व्यक्तिको हार निश्चित हुन्छ ।


तिमी मलाई असल आमा देउ, म तिमीलाई असल राष्ट्र दिने छु ।


संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक नभई असल मान्छेको मौनता हो ।


एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।


कल्पनाले नै संसारमाथी सासन गर्दछ ।


गरिबनै रहने पक्का उपाय हो, इमान्दार हुनु ।


त्यहाँ जम्म दुई शक्ति छन्, जसले मानवलाई अघि धकेल्दछ, भय र इच्छा ।