नेपाल–प्रचण्डलाई दुई तिहाई केन्द्रीय सदस्यको साथ

सम्पत्ती न्यूज
७ पुष २०७७, मंगलवार
image

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई तिहाई केन्द्रीय सदस्य प्रचण्ड–नेपाल पक्षतिर गएका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक चलिरहेको छ।

बैठक स्थलमा राखिएको पुस्तिकामा तीन सय १० केन्द्रीय सदस्यले हस्ताक्षर गरेको देखिएको छ। यो संख्या नेकपाको वर्तमान केन्द्रीय कमिटीको दुई तिहाइभन्दा बढी हो।

नेकपाको वर्तमान केन्द्रीय कमिटीमा चार सउ ४७ जना रहेका छन्। जसमध्ये केही व्यक्तिको मृत्यु भइसकेको छ।