प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद् विस्तार तथा हेरफेर, को–को भए मन्त्री ?

  Sampatti News

December 26, 2020

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको विस्तार तथा हेरफेर गरेका छन् ।

शुक्रबार पुनर्गठित मन्त्रिपरिषद्मा टोपबहादुर रायमाझी उर्जा, मणि थापा खानेपानी, प्रभु साह शहरी विकास, प्रेम आले वन मन्त्री, गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री, गौरी शंकर चौधरी श्रम मन्त्री, दावा लामा युवा तथा खेलकुद मन्त्री, जुली कुमारी महतो महिला बालबालिका मन्त्री र विमला विश्वकर्मा उद्योग राज्यमन्त्री भएका छन् ।

त्यस्तै केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन, संघीय मामिला मन्त्री भएका छन् ।

यसैगरी, हृदयेश त्रिपाठी स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका छन् । यस्तै, महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून, कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार त्यस्तै भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयमा सारिएको छ । सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ शिक्षा मन्त्री भएका छन् ।

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई हटाएको छ । नव नियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण लिएर मन्त्रिपरिषदको बैठकमा सहभागि भएका छन् ।

प्रकाशित मिति:December 26, 2020