नेकपा चितवनको कार्यालयमा ओली समूहले लगायो ताला

  Sampatti News

December 26, 2020

काठमाडौँ । संसद विघटन पश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चुलिएको विवाद पोखिएसँगै गुट र उपगुटबीच हानथाप चलिरहेको छ । यसै क्रममा ओली समूहले नेकपा चितवनको पार्टी कार्यालयमा ताला लगाएको छ ।

शनिबार बिहान पार्टी कार्यालयमा पुगेका ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएका हुन् ।
साविक एमालेको पार्टी कार्यालय रहेको मदन आश्रति भवनलाई कुनै एक पक्षको गुटको कार्यालय बनाइएकोले ताला लगाइएको अनेरास्ववियु चितवनका अध्यक्ष प्रकाश आचार्यले जानकारी दिए ।

उनीहरुले भवनको मूल गेटमा विज्ञप्ति टाँसेर ताला लगाउनुको कारण उल्लेख गरेका छन् ।
चितवनको नेकपा जिल्ला कमिटीमा प्रचण्ड ,माधव समूह हाबी छ ।
जिल्लामा ओली पक्षका कार्यकर्ताले प्रधानमन्त्रीको कदमको स्वागत गर्दै दीप प्रज्वलन गर्ने र प्रचण्ड ,माधव समूहले राँके जुलुस र विरोध प्रर्दशन गरेका छन् ।

प्रकाशित मिति:December 26, 2020