होटलहरूले कर्मचारीको तलब फेरि घटाए, ५ तारेमा कामगर्नेलाई मासिक मात्रै ५ हजार

  Sampatti News

January 28, 2021

काठमाडौँ। तारे होटलमा काम गर्ने कर्मचारी तथा श्रमिकहरूको तलव पुनः संशोधन गरिएको छ । संशोधित तलब अनुसार अब पाँच तारे होटलमा काम गर्ने कर्मचारी तथा श्रमिकहरूले मासिक ५ हजार रुपैयाँ मात्रै पाउनेछन् । होटल संघ नेपालले गरेको पछिल्लो व्यवस्था अनुसार चार तारे होटलका कर्मचारीले मासिक ४ हजार, ३ तारेका कर्मचारीले मासिक ३ हजार, २ तारे होटलका कर्मचारीले मासिक २ हजार ५ सय, १ तारे होटलका कर्मचारीले मासिक २ हजार रुपैयाँ पाउनेछन् । त्यसैगरी पर्यटक स्तरीय होटलका कर्मचारी तथा श्रमिकका लागि भने उनीहरूकै आपसी सहयोगमा तलब तय हुने हानले जानकारी दिएको छ ।

हानले यसअघि कोरोना महामारीकै बीच कर्मचारी तथा श्रमिकहरूको तलब कटौती गरेको थियो । यति बेला पाँच तारे होटलका कर्मचारीको तलब अधिकतम १० हजार रुपैयाँ तोकिएको थियो । अन्यस्तरका होटलको पनि यहि अनुपातमा तलब संशोधन भएको छ । अहिले उनीहरूको तलब ५० प्रतिशतले घटेर ५ हजारमा सीमित भएको छ । कोरोना महामारीका कारणले पर्यटक आगमन ठप्प प्रायः भएपछि अहिले अधिकांश तारे होटलहरु बन्द अवस्थामा छन् । एकातिर कोभिडको प्रभावका कारण पर्यटक आउन सकेका छैनन् भने अर्कोतिर बैंकको ब्याज बढ्दै गएको छ ।

होटल सञ्चालकहले बैंकको ब्याज र कर्मचारीलाई तलब भत्ता समेत खुवाउन नसक्ने अवस्थामा पुगेपछि हामीले बाध्य भएर कर्मचारीको तलब पुनः संशोधन गरेका हौं ।’ सहमति अवधिभर अर्थात काममा नबोलाइएको समयमा बिदाको सुविधा कर्मचारी तथा श्रमिकहरुले दावी गर्न पाउने छैन ।
अहिले कर्मचारी पाल्न सक्ने क्षमता छैन,’ उनले भने ‘होटलहरू बन्द गर्नुपर्ने अवस्था अहिले पनि छ ।’ हान र कर्मचारीकाबीच १ वर्षको लागि सम्झौता भएको हो ।

तलब काममा नलगाएका कर्मचारीको लागि हो,’ उनले थपे ‘काममा लगाएका कर्मचारीलाई उनीहरूले खाईपाई आएको तलब नै पाउने छन् ।’ होटल सञ्चालनहरूले आलोपालो गरेर कमएचारीलाई काममा लगाउने छन् । पछिल्लो सहमति पछि अहिले होटलमा काम गर्ने कर्मचारी तथा श्रमिकले अन्य कुनै किसिमको भत्ता तथा चाडपर्व खर्च पाउने छैनन् ।

काममा नबोलाइएका कर्मचारीले भने यस सहमतिमा तोकिए बमोजिमको रकम उपलब्ध गराउनु पर्नेछ । समयावधिभर करार, दैनिक ज्यालादारी, तालिमे तथा आउटसोर्सिङका श्रमिकहरुलाई काममा लगाइने छैन । तर, ब्यांकेट सेवाका लागि मात्र आवश्यक पर्ने देखिएमा भने उनीहरूलाई काममा लगाउन सकिने सहमति भएको छ । माघ १३ गते होटल संघ नेपाल (हान) र सरोकारवाला पक्षबीच यस्तो सम्झौता भएको हो ।

प्रकाशित मिति:January 28, 2021