कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

  Sampatti News

February 1, 2021

काठमाडौँ । कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदैछ । कोरोना महामारीको चपेटामा परेर ढिला लिइएको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुन लागेकोहो ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । प्राविधिक तथा अन्य समस्या नदेखिए आज नतिजा सार्वजनिक हुने बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए ।

कोरोना महामारीको असरपछि यो वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिइएको थियो । यसमा ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिएको छ ।

प्रकाशित मिति:February 1, 2021