कतै यात्रा गर्दै हुनुहुन्छ? कस्तो रहला त आजको मौसम, एकपटक हेरेर यात्रा तय गर्नुहुन्छ कि ?

  Sampatti News

February 2, 2021

काठमाडौँ । अहिले देशका तराई भू–भागमा बाक्लो हुस्सु लागेको छ । पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू(भागमा सामान्यतया सफा रहेको छ । हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

यस्तै आज राति सुदूरपश्चिम र पहाडी भू–भागका केही स्थानमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी आज काठमाडौँको न्यूनतम तापक्रम २।७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम दिउँसो बढेर १८–२० डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति:February 2, 2021