बन्द गराउँदै प्रचण्ड निस्कीए सातदोबाटो सडकमा

  Sampatti News

February 4, 2021

काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको आजको आम हड्ताल कार्यक्रमलाई प्रभावकारी बनाउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल बन्द गराउँदै सडकमा निस्कीएका छन् । आम हड्ताल सफल बनाउन दाहाल सातदोबाटोको सडकमा निस्किएका हुन्। अन्य नेता कार्यकर्ता जसरी नै दाहाल शसक्त रुपमा सडकमा झण्डा लिएर निस्किएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा आफुखुशी नियुक्ती र शपथग्रहण गराएको भन्दै दाहाल–नेपाल समूहले बिहीबार आम हड्ताल गरेको हो ।

प्रकाशित मिति:February 4, 2021