फरुवा प्रहार गरी आफ्नै श्रीमानको हत्या, आफैले फोन गरेर प्रहरीलाई खबर

Nepal Cover
११ फाल्गुन २०७७, मंगलवार
image

कञ्चनपुर । आफ्नै श्रीमान २९ वर्षीय ओम बहादुर चौधरीको फरुवा प्रहार गरी हत्या गरेको अभियोगमा बेलौरी नगरपालिका–६ भुराकोट बस्ने २७ वर्षीया बसन्ती चौधरीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । बसन्तीले फरुवा प्रहार गरी आफ्नै घरमा श्रीमानलाई मारेको भनी आफै जानकारी गराए पश्चात ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका–२ पशुपति टोल बस्ने ७६ वर्षीय प्रेम थापाको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उनकै बुहारी ३५ वर्षीया सीता थापा र १८ वर्षीय किशोर रहेका छन् । उनीहरुले घरायसी बिबादका कारण गत माघ २८ गते साँझ प्रेमलाई कुटपिट गरी कसैलाई जानकारी नगराई उपचारको लागि महाकाली अस्पताल ल्याई उपचार पश्चात घर लगेकोमा पुनः स्वास्थ्यमा समस्या आएपछि महाकाली अस्पताल ल्याएकोमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरु दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।