आफ्नै स्कुल बसको ठक्करबाट बालकको मृत्यु
सिरहा । कर्जन्हा नगरपालिका–२ डाडाटोलस्थित सडकमा पीभीएम ईङ्लिस बोर्डिङ स्कुलको बा.२ ख २३९० नम्बरको बसको ठक्करबाट सोही स्कूल पढ्ने १० वर्षीय साजन परियारको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । सो ठाउँमा विद्यार्थी झारेर अगाडि बढ्ने क्रममा उक्त बसले ठक्कर दिँदा उनको मृत्यु भएको हो । बस चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्पत्ती न्यूज
१२ माघ २०७७, सोमबार