जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Nepal Cover
१२ माघ २०७७, सोमबार
image

पर्सा । जबरजस्ती करणी गरेको अभियोगमा भारत विहार पश्चिमी चम्पारण थाना चनपटिया ग्राम पंचायत टिकुलीया–१३ बस्ने ३४ वर्षीय नेहाल मियाँलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बीरगंज महानगरपालिका–१ स्थित आफ्नै साथीको डेरामा शुक्रबार राति गई सुतेकी ११ वर्षीया बालिकालाई अर्थात साथीकै छोरीलाई जबरजस्ती करणी गरी भागेर फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले नेहाललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।