भिन्न भिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला

Nepal Cover
१२ माघ २०७७, सोमबार
image

बझाङ तलकोट गाउँपालिका–१ स्थित डेरा गरी बस्ने ७० वर्षीय गोपाल दमाइको कोठामा जयपृथ्वी नगरपालिका–१० बस्ने ४२ वर्षीया पुनी बादी आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
कञ्चनपुर, भिमदत्त नगरपालिका–४ बसपार्कस्थित कोशी एण्ड मोरङ होटलको १०५ नम्बर कोठामा धादिङ ज्वालामुखी गाउँपालिका–३ बस्ने ६७ वर्षीय नरे सार्की आइतबार मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देही, सैनामैना नगरपालिका–११ स्थित शान्ति सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेकी करिब २६ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
नवलपरासी (पश्चिम), सुस्ता गाउँपालिका–२ हरकपुरास्थित बढई नालीमा सोही गाउँपालिका–३ रेवा मच्छुटोल बस्ने ३२ वर्षीय रमेश शर्मा आइतबार मृत अवस्थामा फेला परेका छन् । यूपि ५६ एच ६६५३ नम्बरको मोटरसाइकलबाट लडेर उनको मृत्यु भएको बुझिएको छ । मोटरसाइकल सोही ठाउँस्थित सडक छेउमा पल्टिएको अवस्थामा फेला परेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।