काठमाण्डू, करिब पाँच वर्षदेखिको प्रयासले अन्तिम सार्थकता पाउँदै नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश पुगेको छ । प्रतियुनिट ६।५ सेन्ट अमेरिकी डलर मूल्यमा बिक्री हुने गरी नेपालको बिजुली भारतीय प्रसारण ग्रिडमार्फत पहिलो पटक शुक्रबार बङ्गलादेश पुर्याइएको हो । शुक्रबार नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहर लाल र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहम्मद फोजुल…