दक्षिणी भारतको एक अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
एजेन्सी। दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ। आगलागीमा दुई दर्जनभन्दा बढी घाइते भएका छन्। दक्षिणी राज्य तमिलनाडुमा बिहीबार राति आगलागी भएको थियो । आगलागीको कारणबारे भने अनुसन्धान भइरहेको बताइएको छ। प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार दिन्डिगुल सहरको अस्पतालमा लिफ्टभित्र सबै छ जना पीडित बेहोस अवस्थामा फेला परेका थिए । प्रहरी…
सम्पत्ती न्यूज
२८ मंसिर २०८१, शुक्रबार