३७ स्थानको मतपरिणाम सार्वजनिक, कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो
काठमाडौ, स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले हालसम्म ३७ स्थानको परिणाम सार्वजनिक गरेको छ। यो परिणाम अनुसार कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ। कांग्रेस कीर्तिपुर नगरपालिकामा अगाडि छ। नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित ६ वटा वडा जितेर दोस्रो स्थानमा रहेको छ। नेकपा (एमाले)ले हालसम्म एउटा अध्यक्ष, एक उपाध्यक्षसहित पाँच वटा वडा जितेको छ। जनता…
सम्पत्ती न्यूज
१६ मंसिर २०८१, आईतवार