जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
भक्तपुर । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका–१० कमलबिनायक बस्ने ३१ वर्षीय बिकास तजलाई प्रहरीले पक्राउ गरेको छ ।ती किशोरीलाई बुधबार दिउँसो एक्लै भएको मौका पारी जबरजस्ती करणी गरेको भन्ने खबर शुक्रबार प्राप्त हुनासाथ खटिएको प्रहरीले बिकासलाई पक्राउ गरेको हो ।उनी उपर जिल्ला अदालत भक्तपुरबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ…
सम्पत्ती न्यूज
१८ माघ २०७७, आईतवार