सवारी दुर्घटनामा मृत्यु

  Sampatti News

January 29, 2021

काठमाडौं । सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका(१ स्थित सडकमा बिग्रेर राखेको पुरानो रोलरमा स.३ प ३०४७ नम्बरको मोटरसाइकल बिहीबार बिहान अनियन्त्रित भई ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक तिलाठी कोईलाडी गाउँपालिका–३ सखरपुरा बस्ने ३० वर्षीय शिव कुमार मुखियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराटनगर गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

पर्सा, बहुदरमाई नगरपालिका–३ नगरदाहास्थितमा ना.२ त ३८९७ नम्बरको ट्याक्टरबाट लडेर वीरगञ्ज महानगरपालिका–२७ रामपुर बस्ने ४० वर्षीय जय नारायण महतोको बुधबार बेलुका मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:January 29, 2021