ओलीको प्रतिगमन परास्त आन्दोलनबाटै हुन्छः नेपाल

  Sampatti News

January 29, 2021

बुटवल । प्रतिनिधिसभा बिघटनको विरूद्वमा नेकपा (प्रचण्ड–नेपाल) समूहले बिहीबार बुटवलमा विशाल प्रदर्शन गरेको छ । लुम्बिनी प्रदेश स्तरीय विरोध प्रदेशनमा हजारौं नेता कार्यकताहरू सहभागी थिए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर असंवैधानिक कदम चालेको भन्दै नेकपा (प्रचण्ड–नेपाल) समूहले देशव्यापी प्रदर्शन र सभा गर्दै आइरहेको छ ।

बुटवलको सभामा रूपन्देही, पाल्पा, गुल्मी, पश्चिम नवलपरासी, अर्घाखाँची लगायत प्रदेशका १२ वटै जिल्लाबाट नेतारकार्यकताहरू सहभागी भएका थिए । बिरोधसभालाई संवोधन गर्दै नेताहरू प्रधानमन्त्री ओलीलाई जनताको आन्दोलनबाटै घुँडा टेकाउने दावी गरे । नेताहरू ओलीको कदम संविधान र गणतन्त्र विरूद्धको कदमलाई हराएरै छाडने उद्घोष गरे ।

ओलीलाई हुत्ताएर फाल्छौ

कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष माधव कुमार नेपालले जनताको आन्दोलनबाटै ओलीको प्रतिगमनको कदमलाई परास्त गर्न सकिने दावी गरे । नेपालले ओलीलाई हुत्ताएर फाल्ने दावी गरे । त्यसको लागि जनताको साथ र सहयोग आवश्यक रहेको नेपालको भनाइ थियो ।

आफूहरू नै नेकपाको मूलधार रहेको दावी गरे । उनले निर्वाचन आयोगले आफूहरूलाई आधिकारिक बनाइदिएको बताए । ‘४४१ केन्द्रीय सदस्यको बहुमत जहाँ छ, त्यही आधिकारिक भनेर निर्वाचन आयोगले भनिसकेपछि त्यही पार्टी नै मूल पार्टी हो । प्रचण्ड र मैले नेतृत्व गरेको पार्टी नैं आधिकारिक हो,’ नेपालले भने । नेता नेपालले आफूहरूको पक्षमा देशैभरी लहर रहेको दाबी गरे ।

प्रकाशित मिति:January 29, 2021