एसीसी प्रिमियर कप : नेपालले आज साउदी अरेबियासँग खेल्दै
काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ । खेल बिहान पौने १२ बजे ओमानको अल अमिरातमा शुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो । नेपाल ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । चार खेलबाट चार अंक बटुलेको कतार दोस्रो स्थानमा…
सम्पत्ती न्यूज
५ बैशाख २०८१, बुधबार