उपत्यकासहित देशका पहाडी जिल्लामा वर्षाको सम्भावना

Nepal Cover
४ बैशाख २०८१, मंगलवार
image

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी भूभागमा मंगलबार साँझ हल्का वर्षाको सम्भावना रहेको छ।

पश्चिमी र स्थानीय वायुको प्रभावका कारण बेलुकापथ उपत्यकासहित पहाडी भूभागमा मेघ गर्जन, चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखामा मौसमविद् रोजन लामिछानेका अनुसार अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। बादलको विकास हुनेक्रम जारी रहेकाले साँझपख चट्याङ् सहित हल्का वर्षाको सम्भावना रहेको उनको भनाइ छ।

मौसमविद् लामिछानेले भने, ‘अहिले देशभरको मौसम आंशिकदेखि सामान्यतया बदली भएको छ। बादल विकसित भइरहेकाले साँझपख पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।’’

अहिले कोशी र गण्डकी प्रदेशका पहाडी एक–दुई स्थानमा हल्का वर्षा भइरहेको उनले बताए।

प्रि मनसुनको समय भएकाले बिहानीपख मौसम राम्रो भएपनि साँझपख भने मेघ, गर्जन, चट्याङ्सहित वर्षाको सम्भावना हुने उनको भनाइ छ।

आगामी तीन दिन नै मौसममा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् लामिछानेको भनाइ छ।