अफगानिस्तानको उत्तरी क्षेत्रमा पहिरोमा परी ४ जनाको मृत्यु-२ जना घाइते
काठमाडौ- अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तको एउटा गाउँमा सोमबार पहिरो जाँदा चार जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएको प्रान्तीय प्रशासनका अधिकारी मौलावी मोहम्मद अक्रम अकबरीले मङ्गलबार जानकारी दिएका छन् । सोमबार साँझ यवन जिल्लाको शोलार-ए-पायन गाउँमा भएको प्राकृतिक प्रकोपमा चार जनाको घटनास्थलमै मृत्यु भएको र दुईजना घाइते भएको अधिकारीले बताए ।स्थानीय अधिकारीहरूले पीडित परिवारलाई मानवीय सहायता पठाउने…
सम्पत्ती न्यूज
३ जेष्ठ २०७९, मंगलवार