काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायमै

Nepal Cover
३ जेष्ठ २०७९, मंगलवार
image

काठमाडौं – काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन्।
काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेनले आज मंगलबार बिहान अग्रता थप बढाएका छन्।

पछिल्लो मत परिणाम अनुसार उनले ९ हजार ६१४ मत पाएका छन् ,भने अहिले थपहुदा १० हजार ८९९ मत पाएका छन् ।
उनी कंग्रेस र एमालेका प्रतिस्पर्धी भन्दा दोब्बर मतले अगाडि छन्।

एमालेका केशव स्थापितले पाँच हजार १०४ मत पाएका छन् भने पुर्न थपहुदा पाँच हजार ८४१ मत पाएका छन् । नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ चार हजार ४८३ मत पाएकी छन् भने पुर्न थप हुदा पाँच हजार ११४ मत पाएका छन्।

मतगणनाको सुरुदेखि नै अग्रता लिएका बालेनले त्यसलाई कायम राखेका हुन्। अहिलेसम्म काठमाडौं महानगरको वडा नं १ र २ को नतिजा सार्वजनिक भइसकेको छ भने ३,४, ३१ र ३४ नम्बर वडाको मतगणना जारी छ।