सिरहाको भगवानपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

  Sampatti News

May 16, 2022

काठमाडौं- सिरहाको भगवानपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।
अध्यक्षमा नेकपा एमालेका उग्रनारायण यादव र उपाध्यक्षमा रेखाकुमारी यादव निर्वाचित भएका हुन् ।

उग्रनारायण यादवले ४ हजार ३ सय २ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । यादव २०७४ सालको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए। एमालेका उग्रनारायण त्यतिबेला पराजित भएका थिए।

गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै रेखाकुमारी यादव विजयी भएकी छन्। उनले ३ हजार ९ सय ६० मत पाएकी हुन्। उनका निकटम प्रतिस्पर्धी जसपाकी जिवछीदेवी यादवले ३ हजार २ सय १० मत प्राप्त गरिन ।

५ वडा रहेको भगवानपुरमा एमालेका तर्फबाट १ नम्बर वडाध्यक्षमा मिरादेवी यादव, २ नम्बर वडाध्यक्षमा सूर्यनारायण यादव, ३ नम्बर वडाध्यक्षमा विनोद यादव र ५ नम्बर वडाध्यक्षमा अमरलाल यादव विजयी भएका छन्। वडा नम्बर ४ को वडाध्यक्षमा जसपाका रामकुमार यादव विजयी भए।

प्रकाशित मिति:May 16, 2022